२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

आगामी चुनावपछि ओली पत्तासाफ हुन्छन् : दाहाल

डीबी बुढा

जुम्ला — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनबाट पत्तासाफ हुने चेतावनी दिएका छन् । उनले दुईतिहाइको सरकार बचाउन नसक्ने, संविधानमाथि घात गर्ने, संसद् विघटन गर्ने र पार्टी विघटन गरेर धुजाधुजा पार्ने एमाले अध्यक्ष ओली यो निर्वाचनबाट पत्तासाफ हुने चेतावनी दिएका हुन् । 

आगामी चुनावपछि ओली पत्तासाफ हुन्छन् : दाहाल

जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली राजनीतिमा असफल भइसकेको भन्दै जनताको अगाडि उनले पश्चाताप गर्नुपर्ने बताए । ‘अब राजनीतिक स्थिरता र आर्थिक विकास आवश्यक छ । ७० वर्षसम्म लडेर ल्याएको संविधानलाई च्यात्ने दुस्साहस केपी ओलीले गरे । संविधान मिचेर लोकतन्त्रका आधारभूत मूल्यमान्यता भत्काए । त्यसविरुद्ध हामीले संघर्ष गर्‍यौं । त्यही क्रममा यो गठबन्धन बन्यो । अब नयाँ नेपाल निर्माण गर्ने अभिभारा पनि गठबन्धन दललाई नै छ । त्यसैले गठबन्धनको पक्षमा मत खसाल्नुहोस्,’ उनले भने ।

मंसिर ४ गते दुई विचार, दुई प्रवृत्ति, दुई संस्कृति र दुई गठबन्धन आमनेसामने भएको बताउँदै उनले भने, ‘एउटा गठबन्धन ७० वर्ष लडेर प्राप्त गरेका अधिकार रक्षा गर्न चाहने र अर्को संविधान तथा जनताले पाएको अधिकार उल्ट्याउन चाहने गठबन्धन छ । त्यसैले यो निर्वाचनमा सामान्य औपचारिक निर्वाचनको अभ्यास मात्रै छैन । जनताले जनताको अधिकारको रक्षा गर्ने कि यसलाई उल्ट्याउने भन्नेका बिचको लडाइँको रुपमा मंसिर ४ को निर्वाचन छ ।’ अर्को गठबन्धनलाई भोट दिनु भनेको निरंकुशता र अराजकताको भूमरीतर्फ जानु भएको भन्दै उनले देशलाई फेरि विघटन र प्रतिगमनतिर जान नदिन सचेत भएर वामलोकतान्त्रिक गठबन्धनको पक्षमा भोट खसाल्नसमेत आग्रह गरे ।

उनले कर्णालीबाट प्रतिगमनकारी, निरंकुशतावादी र सामान्तवादीलाई शून्य बनाएर छाड्नुपर्नेमा जोड दिए । उनले भने, ‘तपाईं कर्णालीवासीले यो रेकर्ड बनाउनुपर्नेछ । कर्णाली प्रदेश जागरण र परिवर्तनको प्रदेश, न्याय समानताको पक्षमा दृढतापूर्वक उभिने प्रदेशका रुपमा खडा गर्नुपर्ने छ । जुम्लावासीले रेकर्ड बनाएर कर्णालीभरि नै बन्नेछ ।’

दाहालले कर्णालीको सडक पिचमात्रै होइन फराकिलो बनाउने, आर्थिक गतिविधि र व्यापार व्यवसायको विकासका निम्ति त्यो बाटो बनाउने प्रतिबद्धता जाहेर गरे । ‘पहिले बिरामी ओसारिन्थ्यो, अहिले डाक्टर उत्पादन गरेर देशभरिका बिरामीलाई उपचार गर्न पठाउन सक्ने भइसकेको छ । कर्णालीको अर्गानिक उत्पादन देशभर चर्चामा छ,’ अध्यक्ष दाहालले भने, ‘गठबन्धनका पार्टीको ध्यान अहिले कर्णालीतिर बढी छ । कर्णाली र सुदूरपश्चिमको भौतिक विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन विकासमा जोड दिने भनेका छौं । कर्णालीको विकास हाम्रो दिमागमा सबैभन्दा अघि नै छ । प्रदेश र संघको निर्वाचनपछि गठबन्धनको सरकार बन्छ । अत्यधिक बहुमत पनि आउँछ । अनि समृद्ध कर्णालीको अभियान अघि बढ्छ ।’

उनले नेकपा माओवादीका प्रतिनिधिसभा उम्मेदवार गोमा कुावरलाई जिताएर पठाएमा फूलमन्त्री बनाउने सम्भावना रहेको समेत बताए । दाहालसागै मत माग्दै हिाडेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गर्दै कर्णाली दौडाहमा आफू रहेको बताए । उनले रुख, हँसिया–हथौडा र कलम चिह्नमा मत हाल्न दुविधा नमान्नसमेत आग्रह गरे ।

प्रकाशित : कार्तिक २२, २०७९ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?