कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : प्रवक्ता महत

भवानी भट्ट

कञ्चनपुर — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले निर्वाचनपछि पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् । उनले कांग्रेस नै ठूलो दल हुने दाबी गर्दै स्वभाविक रुपमा कांग्रेसले सरकारको नेतृत्व गर्ने बताएका हुन् ।

निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : प्रवक्ता महत

‘प्रधानमन्त्रीको विषयमा गठबन्धन दलहरूमा कुनै छलफल भएको छैन, तर स्वभाविक रुपमा कांग्रेस ठूलो दल भएकोले सरकारको नेतृत्व गर्छ,’ आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा महतले भने, ‘कांग्रेसको नेतृत्वले नै सरकारको नेतृत्व गर्छ ।’

विगतमा संसदमा कम संख्या हुँदा पनि अन्य दलले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन आग्रह गरेको स्मरण गर्दै उनले निर्वाचनपछि कांग्रेस ठूलो दल हुने भएकाले स्वतः सरकारको नेतृत्व गर्ने बताए ।

उनले गठबन्धन दलको स्पष्ट बुहमत आउने पनि दाबी गरे । स्पष्ट म्याण्डेटसहित सरकार गठन भएर अवरुद्ध भएको विकास र समृद्धिको यात्रा अघि बढ्ने उनले बताए । यस्तै एउटा दलको मात्रै बहुमत आउने सम्भावना नभएका कारण गठबन्धन गर्नुपरेको उनको भनाइ थियो । ‘अहिले लक्ष्य र उद्देश्य सबै मिलेको छ,’ उनले भने, ‘परिणाम राम्रो ल्याउने छौं ।’

कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका महतले पछिल्लो समय निर्वाचन आचारसंहिताका नाममा निर्वाचन आयोगले सेन्सरशीप गर्न खोजेको भन्दै आपत्ति जनाएका थिए ।

‘नर्वाचन आयोगले धेरै सीमा तोकर सेन्सरशीप गर्न खोजेको छ,’ उनले भने, ‘यसमा कांग्रेस सन्तुष्ट छैन, तर अहिले विवाद गर्ने भन्दा पनि समाधानतर्फ जानुपर्छ ।’ उनले मतदाताले मत दिन पाउने, राजनीतिक दल तथा उम्मेदवार मत माग्न पाउने र सञ्चार क्षेत्रले अभिमत व्यक्त गर्न पाउनुपर्ने बताए ।

प्रकाशित : कार्तिक २०, २०७९ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×