कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रथीमा खड्कालाई दर्ज्यानी चिह्न

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाका रथी सिताराम खड्कालाई शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रममा रथी खड्कालाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

रथीमा खड्कालाई दर्ज्यानी चिह्न

मन्त्रिपरिषद्को कात्तिक १६ को निर्णयले उपरथी खड्कालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी भएसँगै खड्कालाई बलाध्यक्षमा नियुक्त गरिएको छ । योसँगै उनी नेपाली सेनाका तेस्रो शक्तिशाली सैनिक अधिकृत भएका छन् । बलाधिकृत रथी (सेनाका दोस्रो पदका) बालकृष्ण कार्कीले नियमित अवकाश पाएपछि एक रथी पद खाली थियो ।

सेनामा प्रधानसेनापतिपछि दुई रथी हुन्छन् । कार्कीको बलाधिकृत रथीमा सरोजप्रताव राणाको बढुवा भएको छ भने राणाको स्थानमा खड्का नियुक्त भएका हुन् ।

सैनिक मुख्यालयमा शुक्रबार आयोजित कार्यक्रममै उपरथीमा बढुवा भएका विजय थापा र आशबहादुर तामाङलाई पनि प्रधानसेनापति शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । थापालाई सुदूरपश्चिम पृतना हेडक्वाटरको पृतनापति र उपरथी तामाङलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षमा नियुक्ति गरिएको छ ।

प्रकाशित : कार्तिक १८, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×