तोसिमा कार्कीको उम्मेदवारी सर्वोच्च अदालतबाट कायम (आदेशसहित)- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तोसिमा कार्कीको उम्मेदवारी सर्वोच्च अदालतबाट कायम (आदेशसहित)

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको छ । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो । 

त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको हो ।

कार्कीको नेपाल स्वतन्त्र पार्टीबाट ललितपुर ३ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी थिइन् ।

यस्तो छ आदेश :



प्रकाशित : कार्तिक १५, २०७९ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्

एटीएम मेसिन तोडफोडमा संलग्न ३ जना पक्राउ

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर महानगरपालिका- ५ कुमारीपाटीस्थित एनएमबि बैंकको एटीएम मेसिन तोडफोड गरी चोरीको प्रयासमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका- ३ घर भई ग्वार्को बस्ने ३१ वर्षीय बसन्त तिवारी, ललितपुर सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी धरान उपमहानगरपालिका- १५ भानुचोकका ३५ वर्षीय अनिल राई छन् ।

कात्तिक ४ गते राति उनीहरूले उक्त बैंकको एटीएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरेका थिए । प्रहरीले उक्त बैंकमा रहेको सीसीटीभी फुटेजको आधारमा अनुसन्धान तथा पक्राउ गरेको ललितपुर प्रहरी प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिए ।

उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : कार्तिक १५, २०७९ १७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×