कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री देउवाद्वारा सोलमा मृत्यु भएकाहरूप्रति दुःख व्यक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको अवसरमा जम्मा भएका मानिसहरूबीच भागदौड मच्चिँदा सयौंको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आइतबार ट्विटरमार्फत प्रधानमन्त्री देउवाले हलोविनको अवसरमा सोलमा गरिएको एक कार्यक्रममा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार‚ त्यहाँको सरकार र कोरियाली नागरिकप्रति समवेदना प्रकट गरेका हुन् । 

प्रधानमन्त्री देउवाद्वारा सोलमा मृत्यु भएकाहरूप्रति दुःख व्यक्त

यसका साथै भागदौडमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेका छन् ।

हलोविन मनाउनका लागि लाखौंको संख्यामा राजधानी सोलमा जम्मा भएकाहरूबीच भागदौड मच्चिँदा १५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

प्रकाशित : कार्तिक १३, २०७९ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?