कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९

यी हुन् सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारहरु [सूची]

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका आधिकारिक उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ । कतिपय निर्वाचनमा विवाद देखिएपछि गठबन्धनले आधिकारिक उम्मेदवारहरुको नामावली शुक्रबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभातर्फ देशका १६३ निर्वाचन क्षेत्रमा चार दलबीच निर्वाचनका लागि गठबन्धन भएको छ ।

यी हुन् सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारहरु [सूची]

लोकतान्त्रिक समाजवादी पार्टीसँग भने तराईका जिल्लाहरुमा तालमेल गरिएको छ । सर्लाही-२ मा गठबन्धनबाट महिन्द्रराय यादव र लोसपाका राजेन्द्र महत्तो उम्मेदवार छन् भने काठमाडौं निर्वाचन क्षेत्र १० मा कांग्रेसका राजन केसी र माओवादी केन्द्रकी अञ्जना विशंखे चुनावी मैदानमा उत्रिएका छन् ।

गठबन्धन भित्रका दलहरुबाटै उम्मेदवार बनेकाले ती क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने जनाइएको छ । केही स्थानमा देखिएका उम्मेदवारको विवाद छलफलबाटै टुंग्याउने गठबन्धनले जनाएको छ । शुक्रबार चारै दलका शीर्ष नेताहरूले प्रेस विज्ञप्ति जारी गर्दै विवाद देखिएका ठाउँमा छलफलबाटै निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाएका हुन् ।

पछिल्लो पटक सत्ता गठबन्धनले रुपन्देही-२ मा नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ ।

विस्तृतमा

प्रकाशित : कार्तिक ११, २०७९ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?