कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

कात्तिक मसान्तसम्म डेंगीको जोखिम कायमै रहने 

अहिलेसम्म ४६ हजार संक्रमित, ५२ को मृत्यु
कान्तिपुर संवाददाता

काठमाडौँ — विज्ञहरूले कात्तिक मसान्तसम्म डेंगीको जोखिम कायमै रहने बताएका छन् । डेंगीको संक्रमण एक महिनाअघिको तुलनामा नबढे पनि फाट्टफुट्ट संक्रमण भइरहेकाे देखिन्छ ।

कात्तिक मसान्तसम्म डेंगीको जोखिम कायमै रहने 

भाइरोलोजिस्ट डा. लुना भट्टले कात्तिकको अन्तिमसम्म डेंगीको जोखिम रहन सक्ने बताउँछिन् । उनी भन्छिन्, ‘लामखुट्टे नियन्त्रणको उपायहरू त्यति अपनाइएन ।घर–घरमा नै संक्रमित भेटिएका छन् । एकदम जाडो बढ्न थालेपछि अलि हराउला किनकि बिहान बेलुका चिसो हुन्छ । जाडोमा लामखुट्टेको वृद्धिविकास पनि कम हुन्छ । त्यसपछि बिस्तारै संक्रमितको संख्या कम हुँदै जाला ।’

डेंगीको जोखिम कम गर्न लामखुट्टेको टोकाइबाट बच्नु नै प्रमुख उपाय रहेको उनी बताउँछिन्। ‘ डेंगी गराउने लामखु्ट्टे फोहोरभन्दा सफापानीमा अण्डा पार्ने ,पछाडिबाट आएर टोक्ने, खुट्टामा टोक्ने, टेबुलमुनिबाट टोक्ने खालको हुन्छ । एउटा संक्रमित लामखुट्टे घरमा छ भने त्यसले ९० मिटर वरिपरि पनि सर्कुलेट गर्न सक्ने भनेपछि छिमेकीमा डेंगी छ भने अरुलाई पनि सर्न सक्छ ।लामखुट्टे भगाउने उपायहरु अपनाउने, पानी जम्न नदिने नै नियन्त्रण गर्ने उपाय हुन्,’उनले भनिन् ।

७७ जिल्लामा फैलिएको डेंगुबाट हालसम्म ४६ हजार संक्रमित भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हालस्म्म ४६ हजार ४१३ जना संक्रमित भइसकेका छन् । त्यसैगरी ५२ जनाको डेंगी संक्रमणबाट मृत्यु भएको छ ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक जाँच गराउन आउने मात्र रहेका र यसको वास्तविक संख्या कैयौँ गुणा रहेको बताए । उनले संक्रमितमध्ये करिब ८० प्रतिशतलाई डेंगीको लक्षण कडा नहुने र ५ प्रतिशतभन्दा कमलाई मात्र कडा देखिने भएकाले अधिकांश लक्षण भएर वा नभएर नै संक्रमित भइसकेकाले वास्तविक संख्या धेरै हुन सक्ने बताउँछन् ।

उनका अनुसार धेरैभन्दा धेरै संक्रमित भइसकेकाले आगामी केही हप्तामा संख्या ओरोलो लाग्दै जानेछ । उनले भने, ‘संक्रमण देखिन थालेको ३–४ महिना भइसक्यो । सधैँ उत्कर्षमा रहँदैन। आगामी दिनमा यसको संख्या पक्कै पनि ओरालो लाग्छ । ओरोलो लाग्नुमा नियन्त्रणको उपायहरू अपनाएर भन्दा पनि धेरै भन्दा धेरै मान्छे संक्रमित भइसकेकाले हो ।’ उनले संक्रमित भइसकेका मान्छे भर्खरै स्वास्थ्य लाभ गरिसकेपछि तत्काल एक/दुई हप्ता वा एक/दुई महिनामा नै पुन: संक्रमण भएर बिरामी हुने सम्भावना हुने नभएकाले संक्रमण घट्ने क्रमले निरन्तरता पाउँछ ।

डा. पुनका अनुसार यसअघिको वर्ष डेंगीले प्रकोप नलिएको बेला दसैंको वरिपरि फाट्टफुट्ट डेंगीका केस देखिन्थे जुन एक–डेढ महिनासम्म देखिने हुन्थ्यो । ‘आगामी केही हप्तामा काठमाडौंमा केस बिस्तारै कम हुँदै हुन्छ उपत्यकाबाहिर भने अझै एक महिनाजति देखिन सक्छ होला । एडिस जातको लामखुट्टे विगतमा देखिँदै आएका स्थानमा अझै सजगता अपनाउन जरुरी छ,’उनले भने ।

२–३ वर्षको अन्तरालमा डेंगीले नेपालमा प्रकोपको रुप लिने गरेको छ । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगीबाट ६ जनाको मृत्यु भएको थियो जसले महामारीको रूप लिएको थियो ।

प्रकाशित : कार्तिक ११, २०७९ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?