शान्ति सेनाको टोलीमा चिकित्सक पनि पठाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सैनिकहरूसँगै चिकित्सकलाई पनि पठाउने भएको छ । शान्ति सेनाको टिममा चिकित्सकलाई पहिलोपल्ट लगिने भएको हो ।

शान्ति सेनाको टोलीमा चिकित्सक पनि पठाइने

रक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै लिबियामा शान्ति मिसनका लागि जनरल सर्जन पठाउन आग्रह गरेको हो ।

मन्त्रालयले ६ गते सूचना जारी गर्दै एक वर्षका लागि कार्यरत रहने गरी कम्तीमा ३ वर्षको अनुभव प्राप्त जनरल सर्जन कन्सल्ट्यान्टलाई आवदेन दिन अनुरोध गरेको छ । सूचनामा शान्ति मिसनमा जान चाहने मन्त्रालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीले कात्तिक १६ गतेसम्म आवदेन दिनसक्ने जनाएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया (यूएनएसएमआईएल) लिबियामा आगामी माघ २९ गते (सम्भावित मिति)मा तैनाथ हुन जाने स्पेशल गार्ड युनिट (शान्ति सेना) पाँचौं डफ्फाको लेभल १(प्लस) हस्पिटलमा कार्यरत रहने सूचनामा भनिएको छ ।

आवदेन दिन इच्छुकले मन्त्रालयको आन्तरिक प्रशासन शाखामा सम्पर्क गर्न वा आवेदिन दिन सक्नेछन् । यसअघि चिकित्सातर्फ पनि प्राविधिक सेना, प्रहरी र सशस्त्र प्रहरी खटिए पनि स्वास्थ्य मन्त्रालय अन्तर्गत चिकित्सकलाई पनि भने पहिलोपल्ट लैजान लागिएको हो ।

प्रकाशित : कार्तिक ८, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?