कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गाईतिहार मनाइँदै

माधव अर्याल

पाल्पा — यमपञ्चक अर्थात् तिहारको चौथो दिन मंगलबार देशका विभिन्न स्थानमा गाईको पूजा गर्नेको भीड लागेको छ । पूजाआजा गरी गाईलाई मीठो खानेकुरा खान दिएर यो पर्व मनाउने चलन छ । 

गाईतिहार मनाइँदै

पाल्पाको तानसेन बजारलगायत ग्रामीण भेगमा समेत गाईपालनमा कमी आएपछि गाई खोज्दै पूजा गर्न हिँड्नु परेको स्थानीय चण्डीप्रसाद बस्यालले बताए । अर्गलीको रिडी रुरु गौशाला आश्रम, रामपुरको गौशालामा गाई पूजा गर्नेको भीड लागेको छ ।

कतिपय स्थानमा गाई नै पाल्न छाडेका छन् भने बजार क्षेत्रमा छाडिएका गाईसमेत बाँधेर पूजा गरेका छन् । रामपुरस्थित गौशालाका सञ्चालक तथा पूर्ववडाध्यक्ष हुमनाथ न्यौपानेले गाईपूजा गर्न आउनेको भीड लागेको छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिने रुरु गौसेवा आश्रमका सञ्चालक सदस्य शंकर गिरीले बताए । उनले गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने बताए ।

धार्मिक मान्यताअनुसार गाईलाई गौमाताका रूपमा सम्मान पनि गरिन्छ । आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहेको रुरु गौसेवा आश्रम व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष सीता ज्ञवालीले बताइन् । पाल्पाका अधिकांश स्थानमा गाई पाल्न छाडेका छन् । जर्सी गाई दूधका लागि आयात गर्ने चलन बढेको छ ।

प्रकाशित : कार्तिक ८, २०७९ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×