कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई १२ वर्ष कैद मागदाबी

मातृका दाहाल

काठमाडौँ — नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई १२ वर्षसम्म कैद सजाय माग दाबीसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ । 

बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई १२ वर्ष कैद मागदाबी

प्रहरी वृत्त गौशालाले जाहेरी परेको करिब डेढ महिनापछि आइतबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै आरोपित लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २ सय १९ बमोजिम १० देखि १२ वर्षसम्म कैद र पीडितलाई ‘यथोचित क्षतिपूर्ति’ भराउन मागदाबी गरेको हो ।

अनुसन्धानका आधारमा पीडितको उमेर नाबालिग रहेको खुलेको भन्दै प्रहरीले आरोपितलाई सोहीअनुसार कारबाही हुनुपर्ने निष्कर्ष निकालेको छ । अब प्रहरी प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायरबारे निर्णय लिनेछ । बलात्कार अभियोगमा मुद्दा दायर भए लामिछानेको खेल जीवनको अध्याय नै अनिश्चित बन्नेछ । नेपाली टोलीका कप्तान मात्र होइन, लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल), बिगबास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर छोटो समयमै ‘ग्लोबल स्टार’ को छवि बनाएका थिए ।

प्रकाशित : कार्तिक ६, २०७९ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×