कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

प्रतिगमनका पक्षधर हैन अग्रगमनका हिमायतीले जित्नुपर्छ : नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रगमनका पक्षधरले जित्नुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धन देश र समाज परिवर्तनका लागि भएको भन्दै सत्तामा पुग्नका लागि मात्रै भोट नमागिरहेको उनले बताए । 

प्रतिगमनका पक्षधर हैन अग्रगमनका हिमायतीले जित्नुपर्छ : नेपाल

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार 'पाँच दलीय गठबन्धन कर्णाली प्रदेश स्तरीय कार्यकर्ता भेला'मा अध्यक्ष नेपालले सबै नेता र कार्यकर्तालाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका थिए । 'मुख्य कुरा प्रतिगमनका पक्षधरले जित्न हुँदैन, अग्रगमनका हिमायतीले जित्नुपर्छ,' उनले भने । टिकट पाउनु र व्यक्ति जित्नु ठूलो कुरा नभएको भन्दै नेपालले गठबन्धन जित्नुपर्ने बताए । त्यसका लागि सबै पार्टीभित्रको विवाद समाधान गर्नुपर्ने उनको भनाइ थियो । एकताबद्ध भएर लाग्न उनले आह्वान गरेका थिए ।

पाँच दलीय गठबन्धनले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वका लागि भोट मागिरहेको नेपालको भनाइ थियो ।

'हामी सत्तामा पुग्नका लागि मात्रै भोट मागिरहेका छैनौं । देश र समाजलाई परिवर्तन गर्न, जनताको जीवन खुसहाली बनाउन, नेपालको स्वाभिमान माथि उठाउनका लागि हामी लागेका हौं,' उनले भने । राजनीतिप्रति जनतामा रहेको गुनासो सम्बोधन गरेर अघि बढ्ने उनले बताए ।

गठबन्धन दलमा सहमति गरेका उम्मेदवारहरूलाई जिताउने सबैको कर्तव्य भएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाका प्रदेशस्तरीय नेता र कार्यकर्ताहरूलाई एकताबद्ध भएर लाग्न आग्रह गरेका थिए ।

प्रकाशित : कार्तिक ६, २०७९ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?