कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ट्याक्टर दुर्घटना हुँदा दार्चुलामा २ जनाकाे मृत्यु, एक घाइते

मनाेज बडु

दार्चुला — दार्चुलाको शैल्यशिखर नगरपालिका- ६ उल्लानीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार दार्चुलाबाट गोकुलेश्वरतर्फ गइरहेको सु. प प्र ०२००१ त १४६७ नम्बरको ट्याक्टर उल्लानीमा दुर्घटना भएको हो । ट्याक्टरमा ३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

तीमध्ये २ जनाको घटना स्थलमा मृत्यु भएको हो । घाइतेलाई गोकुलेश्वर अस्पताल लगेको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।

प्रकाशित : कार्तिक ६, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×