कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

सातै प्रदेशमा सुरक्षा गोष्ठी

३ हजार ८० मतदानस्थल अति संवेदनशील, ४ हजार ४ सय संवेदनशील र ३ हजार ३ सय ९१ कम संवेदनशील सूचीमा
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले निर्वाचनअघि सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठक आयोजना गर्ने भएको छ । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन केन्द्रीय सुरक्षा समितिले बैठक गर्न लागेको हो ।

सातै प्रदेशमा सुरक्षा गोष्ठी

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठी आइतबार सशस्त्र प्रहरी बल मुख्यालयमा हुँदै छ । त्यसपछि क्रमश: प्रदेश १ देखि सुदूरपश्चिमसम्मै गोष्ठी आयोजना गरेर सुरक्षा अवस्थाको समीक्षा गरिने उनले बताए । निर्वाचन सुरक्षार्थ तय भएको केन्द्रीय सुरक्षा समितिबाट पारित कार्ययोजना कार्यान्वयनका लागि गृह मन्त्रालयले चारवटै सुरक्षा निकाय तथा ७७ वटै जिल्ला प्रशासनलाई पठाइसकेको छ ।

गृहप्रवक्ता पोखरेलले कार्ययोजनाअनुसार निर्वाचन सुरक्षा तयारी तथा बन्दोबस्तीको काम भइरहेको बताए । ‘प्रादेशिक सुरक्षा गोष्ठी निर्वाचनलाई निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न अहिलेसम्म भए/गरेका वस्तुस्थितिको समीक्षा र अपनाउनुपर्ने रणनीतिमा केन्द्रित हुन्छ,’ उनले भने ।

निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीसहित करिब ३ लाख सुरक्षाकर्मी परिचालन हुनेछन् । यसबाहेक सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति पनि खटिँदै छन् । सेना र सशस्त्रलाई बाहिरी सुरक्षा तथा प्रहरी र म्यादीलाई मतदानस्थल र मतदान केन्द्रको सुरक्षामा खटाउने निर्णय भइसकेको छ । निर्वाचन आयोगले मतदानका लागि १० हजार ८ सय ९१ मतदानस्थल र २२ हजार २ सय २६ मतदान केन्द्र निर्धारण गरेको छ । तय भएका मतदानस्थलमध्ये एक तिहाइ मतदानस्थल अतिसंवेदनशील सूचीमा समेटिएका छन् । गृहका अनुसार ३ हजार ८० मतदानस्थल अतिसंवेदनशील, ४ हजार ४ सय २० संवेदनशील र ३ हजार ३ सय ९१ कम संवेदनशील सूचीमा समेटिएका छन् ।

प्रकाशित : कार्तिक ६, २०७९ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×