कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
बझाङ जिप दुर्घटना

दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो [अपडेट]

१६ जना घाइते
बसन्तप्रताप सिंह

बझाङ — बझाङको मष्टा गाउँपालिकामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । यस्तै १६ जना यात्रुहरू घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो [अपडेट]

घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरै जसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने छ ।

मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप बुधबार दिउँसो दुर्घटना भएको हो । जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।

अवस्थीका अनुसार अहिले घटनास्थलबाट घाइतेहरूको उद्धार प्रयास जारी छ । यद्यपि साँझ परेका कारण हेलिकप्टर उड्न नसक्दा उद्धार कार्य प्रभावित भएको छ ।

दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेको मष्टा गाउँपालिका वडा नं १ का अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेको प्रहरी निरीक्षक अवस्थीले बताए ।

दुर्घटनामा घाइते हुनेमा मष्टा गाउँपालिका- २ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय राजेश रोकाया, जिप चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्कीदेवी भण्डारी, सोही वडाका २५ वर्षीया कमला कठायत, २१ वर्षीया निन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा साडा- १ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेका छन् । मृतकहरूको भने सनाखत भइसकेको छैन ।

प्रकाशित : कार्तिक २, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?