कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

एकीकृत समाजवादीद्वारा २५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २ हजार ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्‌का पदाधिकारीलाई राखेर परिचालन समिति गठन गरेको हो ।

एकीकृत समाजवादीद्वारा २५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन

बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा २२ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

सचिवालयमा गंगालाल तुलाधार, विजय पौडेल, विश्वनाथ प्याकुरेल, सावित्रा भुसाल, प्रमोदराज शर्मा, प्रेमल खनाल, लक्ष्मण केसी, केदार सञ्जेल, विष्णु लम्साल, घनप्रसाद गौतम, मोहन गौतम, रमेशरञ्जन झा, उदय श्रेष्ठ, खेमराज पौडेल, सीताराम नेपाल, द्रोर्णाचार्य क्षेत्री, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, विशाल भण्डारी, सुदेश पराजुली र नितेश पौडेले रहेका छन् ।

सचिवालयले निर्वाचन परिचालन तथा व्यवस्थापनका सम्बन्धमा तत्काल आवश्यक निर्णयहरु लिने महासचिव भुसालले बताए ।

आउँदो मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेशसभा निर्वाचन तय भएको छ ।

प्रकाशित : कार्तिक २, २०७९ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×