कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बझाङमा जिप दुर्घटना हुँदा ५ को मृत्यु, ८ जना घाइते 

वसन्तप्रताप सिंह

बझाङ — बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप बुधबार दिउँसो दुर्घटना भएको हो । 

बझाङमा जिप दुर्घटना हुँदा ५ को मृत्यु, ८ जना घाइते 

जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको छ । दिउँसो ४ बजेतिर भएको दुर्घटनामा परी ८ जना घाइते भएको मष्टा गाउँपालिका वडा नं १ का अध्यक्ष रामचन्द्र रोकायाले बताए । उद्धार कार्य जारी रहेकोले घाइते र मृतकको संख्या थपिन सक्ने उनले बताए ।

जिपमा कति जना सवार थिए भन्ने एकिन भइसकेको छैन । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

प्रकाशित : कार्तिक २, २०७९ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?