कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताप्लेजुङमा ट्याक्टर दुर्घटना : दाजुभाइसहित ४ जनाको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ तेल्लावुङवाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकाघरका दाजुभाइसहित चार जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा ट्याक्टर पल्टिएको थियो । मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका ३१ वर्षीय चालक पासाङ शेर्पा र उनका २४ वर्षीय भाइ फुर्वा शेर्पा रहेका छन् । उनीहरू आमा बिरामी भएपछि ढुङगेसाँघुबाट ट्याक्टर लिएर घरतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

त्यस्तै ट्याक्टरमा सवार वडा नम्बर–४ ओदकका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पाको पनि घटनास्थलमै मृत्यु भएको डीएसपी राईले जानकारी दिए । घटनास्थलमा साँघु प्रहरी चौकीबाटे र सदरमुकाम फुङलिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली गएको राईले वताए । प्रहरीको टोली पुगेपछि विस्तृत विवरण आउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?