कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गोरखामा दाहालले भने- ‘मैले त पहिल्यै रुखमा भोट हालिदिएको’

‘गिरिजाबाबुसँगै हस्ताक्षर सम्झौता गर्नु भनेको प्रचण्डले रुखमा भोट हाल्नु हो, गिरिजाबाबुले प्रचण्डसँग सम्झौता गर्नु भनेको हँसिया हतौडामा भोट हाल्नु हो’
हरिराम उप्रेती

गोरखा — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन प्राकृतिक र स्वभाविक रहेको बताएका छन् ।सत्ता गठबन्धन दलका कार्यकर्ताको प्रशीक्षणमा दाहालले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता गर्ने दलहरूबीच गठबन्धन स्वभाविक रहेको बताए ।

गोरखामा दाहालले भने- ‘मैले त पहिल्यै रुखमा भोट हालिदिएको’

‘एकाथरी माओवादी साथीहरूको कुरा सुन्छु, कसरी रुखमा भोट हाल्ने, अर्कोतिर कसरी हँसिया हतौडामा भोट हाल्ने भनेको सुन्छु,’ दाहालले भने,‘यदि तपाईंहरूलाई रुखमा भोट हाल्न मन लाग्दैन, हात उठ्न गाह्रो मानेको छ, या हँसिया हतौडामा भोट हाल्न हात कामेका छन् भने विस्तृत शान्ति सम्झौताको महत्त्व बुझ्नुभएको छैन, संविधानसभाको महत्त्व बुझ्नु भएको छैन भन्ने प्रमाणित हुन्छ ।’

यस क्रममा १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता गर्दा नै आफूले रुखमा भोट हालिसकेको भन्दै दाहालले गिरिजाप्रसाद कोइरालासँग गरेको शान्ति सम्झौताको स्मरण गरेका थिए ।

‘मैले रुखमा भोट त्यतिबेलै हालिदिएको हो, गिरिजाबाबु सँगै हस्ताक्षर सम्झौता गर्नु भनेको प्रचण्डले रुखमा भोट हाल्नु हो, गिरिजा बाबुले प्रचण्डसँग सम्झौता गर्नु भनेको हँसिया हतौडामा भोट हाल्नु हो,’ उनले भने ।

इतिहासको एक कालखण्डमा आमने-सामने गरेको पार्टीमा राजनीतिक र भावनात्मक सम्बन्ध सृदृढ गर्नु अस्वभाविक नरहेको पनि उनको भनाइ थियो ।

यस्तै १२ बुँदे समझदारी र विस्तृ शान्ति सम्झौताबाट नयाँ राजनीतिक परिवर्तनको युग सुरुवात भएको पनि उनले बताए । साथै दाहालले अब हिंसा नभएर समृद्धिका लागि अघि बढ्ने बताएका थिए ।

प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएका दाहाल यतिबेला गोरखामा छन् । यसअघि चितवन क्षेत्र नं ३ बाट निर्वाचित दाहाल यसपटक आगामी मंसिरमा हुने निर्वाचनमा गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिएका हुन् । जुन क्षेत्रबाट यसअघि बाबुराम भट्टराई नेपाली कांग्रेसको समर्थनमा निर्वाचित भएका थिए ।

प्रकाशित : आश्विन २९, २०७९ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×