१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

देशको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको छ : महरा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताएका छन् । शनिबार वाम-लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न गरे ।

देशको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको छ : महरा

उनले नेपाल आर्थिकरुपमा विस्तारै कमजोर बनिरहेको पनि दाबी गरे ।

उनले नेपालको व्यवस्थाप्रति समेत नकारात्मकता आउन थालेको उल्लेख गर्दै उनले देशको व्यवस्था नकारात्मकतातिर जानुमा तत्कालीन केपी सरकारको दोष रहेको आरोप लगाए ।

ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सककारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधानसंगत बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यक्ता भएको जिकिर गरे । उनले नेकपा एमालेसहितको गठबन्धनलाई प्रतिगमनकारीहरुको गठबन्धन भएको आरोप पनि लगाए ।

उपाध्यक्ष महराले नेपालमा विदेशी लगानी कमजोर बन्दै गइरहेको बताए । नेपालले आफ्नो स्रोत, साधन उचित प्रयोग गरेर विदेशी लगानी भित्र्याउनुपर्नेमा जोड दिन आवश्यक रहेको उनको भनाइ थियो । महराले प्रतिगमनकारी शक्तिहरु अहिले पनि सल्बलाइरहेको भन्दै त्यसलाई परास्त गर्न गठबन्धन आवश्यक रहेको बताए ।




प्रकाशित : आश्विन २९, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?