२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

गठबन्धन सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्छ : प्रवक्ता महत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी गरेका छन् । वाम-लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने बताए ।

गठबन्धन सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्छ : प्रवक्ता महत

उनले स्वदेशमा विद्युत् उत्पादनलाई व्यापक वृद्धि गरी निर्यात र खपत बढाउने, परनिर्भरतालाई समाप्त गर्ने, विद्युत्‌मा आधारित ट्रान्सपोटेसन सिस्टम सञ्चालन गरी पेट्रोलियम पदार्थ आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, पर्यटन प्रवर्द्धन देशभर गर्ने काम गठबन्धनबाट नै सम्भव रहेको बताए ।

उनले देशमा समृद्धिको विकल्प नरहेको भन्दै नेपाली युवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुपर्ने पहिलो आवश्यकता भएको जिकिर गरे । प्रवक्ता महतले रोजगारीका लागि वैदेशिक निर्भरताको अन्त्य गरी समृद्धिका लागि लगानी बढाउन, लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक भएको बताए । आगामी निर्वाचन गठबन्धनले जितेमात्रै देशले लय समात्ने उनको भनाइ थियो ।

प्रवक्ता महतले संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन बनेको जिकिर गर्दै पार्टीको केन्द्रीय नेतृत्वको नारा संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन हुन आवश्यक भएको बताए ।

प्रकाशित : आश्विन २९, २०७९ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?