२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनले सात वटै प्रदेशहरूमा संयुक्त नेता-कार्यकर्ता भेला गर्ने भएको छ। चुनावी तालमेल गरेका गठबन्धन दलले आसन्न निर्वाचनलाई लक्षित गरेर आगामी कार्तिक पहिलो साता शीर्ष नेताहरुको उपस्थितिमा प्रदेशस्तरीय संयुक्त भेला गर्न लागेका हुन् ।

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने

भेलामा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू र जिल्ला सभापति तथा अध्यक्षसहित तीन जनाको सहभागितामा कात्तिक ४ गतेबाट प्रदेशस्तरीय भेला सुरु हुने गठबन्धनले जनाएको छ।

गठबन्धनले नेकपा एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला गर्ने निर्णय गरेको छ। कात्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, कात्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुनेछ।

सत्ता गठबन्धनले प्रदेशस्तरीय अन्तिम भेला बागमती प्रदेशमा गर्ने छ। काठमाडौंमा कात्तिक ७ गते माओवादी केन्द्रको समन्वयमा वाग्मती प्रदेशस्तरीय संयुक्त भेला हुने गठबन्धनले जनाएको छ।

यस्तो छ गठबन्धनको विज्ञप्ति :

प्रकाशित : आश्विन २९, २०७९ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?