कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

'ब्रेन ड्रेन, करप्सन र डेभलपमेन्ट' मुख्य समस्या हुन् : पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालमा 'ब्रेन ड्रेन, करप्सन र डेभलपमेन्ट' मा मुख्य समस्या रहेको बताएका छन् । उनले यी समस्यालाई ‘बीसीडी’ भनेर व्याख्या गरे । काठमाडौं-५ बाट प्रतिनिधिसभा सदस्य पौडेलले शनिबार बिहान टोखामा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनबाट जनताले यी समस्याको समाधानको मार्गदर्शन गर्न सक्ने बताए ।

'ब्रेन ड्रेन, करप्सन र डेभलपमेन्ट' मुख्य समस्या हुन् : पौडेल

'नेपाली युवाहरु रोजगारी नपाएर विदेशिन बाध्य छन् । परिवारको छाक टार्न जीवन जोखिममा पार्न बाध्य छन् । काठमाडौंका युवा पढेर, योग्य भएर नेपालमा आफ्नो योग्यता प्रयोग गर्न नपाएका कारणले विदेशमा जान बाध्य भइरहेको छ,' पौडेल भने, 'यो बौद्धिक पलायनको समस्या हो । यसलाई अंग्रेजीमा ब्रेन ड्रेन भनिन्छ । एउटा नेपाली युवा नेपालमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न पाउने स्थिति राज्यले बनाउन सक्नुपर्छ । हामीले त्यस्तो नीति बनाउन सक्ने युवा नेतृत्वलाई यो चुनावबाट संसद‌्मा पुर्‍याउन सक्नुपर्छ ।'

उनले अर्को भ्रष्टाचार अर्को समस्या भएको बताए । 'अर्को समस्या करप्सनको हो, भ्रष्टाचारको हो । यदि भ्रष्टाचार यही ढ‌ंगले बढेर गयो भने राजनीतिले डेलिभर गर्न सक्दैन । राजनीतिले नैतिकता गुमाउने, राजनीतिक नेताहरुले करप्सनमा संलग्न हुने, र करप्सन गर्नेहरुलाई संरक्षण गर्ने हो भने नेपालको राजनीतिप्रति कसैको पनि विश्वास बाँकी रहँदैन । त्यसैले भ्रष्टाचार अन्त्य गर्नका लागि पनि प्रतिबद्ध नेतृत्व चयन गर्ने यो सुनौलो मौका हो,' उनले भने ।

पौडेलले अर्को जनताको विकासको चाहना पूरा हुन नसक्दा उत्पन्न हुने निराशा समस्या रहेको बताए ।

'बीसीडीको डी भनेको डेभलपमेन्ट हो, विकास हो । हामी व्यवस्थित विकास चाहन्छौँ । तर हाम्रो समस्या समाधान हुँदैन । कम खर्चमा धेरै उपलब्धि हासिल गर्ने प्रकृतिको विकास मोडेल हामीले अपनाउन आवश्यक छ,' उनले भने, 'म यो देशका यी समस्या आगामी चुनावबाटै सम्बोधन गर्न सक्ने आधारहरु देखिरहेको छु, त्यसका लागि म प्रतिबद्ध छु ।'

युवा नेता पौडेल सत्ता गठबन्धनबाट उम्मेदवार छन् । यहाँ नेकपा एमालेले वरिष्ठ नेता ईश्वर पोखरेललाई उम्मेदवार बनाएको छ । यहाँबाट रन्जु दर्शना र हेमराज थापा लगायत स्वतन्त्र उम्मेदवारहरु समेत रहेका छन् ।

प्रकाशित : आश्विन २९, २०७९ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×