कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

कांग्रेस बैठकमा देउवाले भने- गठबन्धनमा अन्तर्घात नभए राम्रो परिणाम आउँछ

प्रकाश धौलाकोटी

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सफल बनाउन आग्रह गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा जनलहर सिर्जना हुने गरी माहोल बनाउन र पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिए ।

कांग्रेस बैठकमा देउवाले भने- गठबन्धनमा अन्तर्घात नभए राम्रो परिणाम आउँछ

उनले गठबन्धनका कारण कांग्रेसभित्रै अन्तर्घात नभए कांग्रेसले पनि राम्रो चुनावी परिणाम हासिल गर्ने बताए । ‘गठबन्धन भएको छ, सिटको बाँडफाँड हुँदा कतै पाइएको छ, कतै छोड्नुपरेको छ,’ बैठकमा सभापति देउवाले बोलेको उद्धृत गर्दै एक नेताले इकान्तिपुरसँग भने, ‘गठबन्धन र पार्टीभित्र अन्तर्घात नभए राम्रो परिणाम आउँछ भन्ने लागेको छ ।’

पार्टीभित्र गठबन्धनको पक्षमा माहोल बनाउन प्रधानमन्त्री देउवाले विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको र चुनावको मिति घोषणा गर्दा आफूले निर्वाचनकै जानुपर्ने धारणा राखेको समेत स्मरण गरे ।

‘म त पहिल्यै निर्वाचनको पक्षमा थिएँ, मलाई तपाईंहरूले नै यतातिर तानेर ल्याउनुभएको हो, त्यसपछिको परिबन्धले यो गठबन्धन बनेको हो,’ बैठकमा देउवाले भनेका छन्, ‘अब बाध्यताले बनेको गठबन्धनलाई सफल बनाउनुपर्ने अवस्था छ । सबैले लाग्नुपर्छ ।’

प्रकाशित : आश्विन २८, २०७९ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×