कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

स्वस्थ समाज निर्माण नभएसम्म सभ्यता विकास हुँदैन : पूर्वराष्ट्रपति डा. यादव

विनोद भण्डारी

विराटनगर — पूर्वराष्ट्रपति डा. रामवरण यादवले समाजलाई केही दिने व्याक्तिलाई समाजले पनि सम्झनु पर्ने बताएका छन् । समाजसेवी एवं उद्योगी दीनबन्धु गोयललाई शुक्रवार विराटनगर नागरिक समाजका तर्फबाट सम्मान गर्दै यादवले यस्तो बताएका हुन् ।

स्वस्थ समाज निर्माण नभएसम्म सभ्यता विकास हुँदैन : पूर्वराष्ट्रपति डा. यादव

विराटनगरको यही भूमिबाट पिताजी कृष्णप्रसाद कोइरालाले मुलुक र समाजका लागि योगदान गरेकाले अहिलेसम्म नेपाली समाजले उनलाई सम्झिरहेको उल्लेख गर्दै यादवले गोयलले पनि समाजका लागि योगदान गरेबापत विराटनगरले पनि सम्झेको बताए ।

स्वस्थ समाज निर्माण नभएसम्म सभ्यता विकास नहुने यादवको भनाइ थियो । 'राजनीतिक क्रान्तिको अगुवाई गर्ने भूमि यही विराटनगरको हो,' उनले भने, 'राजनीतिसँगै औद्योगिक, सामाजिक, धार्मिक, शिक्षा र स्वास्थ्यमा अग्रणी रहेको विराटनगरको सभ्य समाजले समाजसेवीलाई सम्मान गर्ने परम्परालाई कायम राख्नु विराटनगरको गौरव हो ।'

गोयललाई विराटनगरको नागरिक समाजसहित मोरङ व्यापार संघ, उद्योग संगठन, उद्योग परिसंघ, प्रदेश उद्योग वाणिज्य संघसहित २ सय ८२ संघ संस्थाका तर्फबाट पूर्वराष्ट्रपति यादवले सम्मान गरेका थिए ।


प्रकाशित : आश्विन २८, २०७९ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x