कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल रहेको छ । १०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि अहिले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल

अस्पतालका स्रोत अनुसार विगत २० दिनदेखि उपचाररत जोशीको स्वास्थ्य अवस्था जटिल छ । जोशीलाई बिहीबार धेरै नै अक्सिजन दिनुपरेको भएपनि शुक्रबार त्यसमा केही सुधार देखिएको छ । यसका साथै मुटुको चालमा पनि समस्या रहेको छ । उनको हालको मुख्य समस्या नै 'स्याचुरेन' (शरीरमा अक्सिजनको मात्रा) शरिरको आवश्यकता अनुसार कायम नहुनु देखिएको छ ।

अस्पताले बिहीबार बिहान जारी गरेको विज्ञप्तीमा उनलाई ३० लिटर प्रति मिनेटको दरमा अक्सिजन दिइएको थियो भने रक्तचाप ११७/७० एमएमएचजी थियो ।

प्रकाशित : आश्विन २८, २०७९ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?