कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले बागी उम्मेदवार र उम्मेदवारको प्रस्तावक र समर्थक बसेकाहरुलाई पार्टीको साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । कांग्रेसले सत्ता गठबन्धनको निर्णयविपरीत उम्मेदवार बनेकाहरुलाई एकमुष्ट कारवाही गरेको हो ।

कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्व उम्मेदवार दिएका, प्रस्तावक बसेका र समर्थक रहेकाहरुलाई कारवाही गरिएको जानकारी दिए ।

देशभर प्रतिनिधिसभा र प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएर फिर्ता नलिनेहरुलाई कांग्रेसले एकमुष्ट कारवाही गरेको हो । गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए । तर अधिकांश प्रभावशाली नेताहरुले भने बागी फिर्ता लिएनन् ।

कांग्रेसका केन्द्रीय सदस्य रहेका दिनेश कोइराला चितवन-३ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् भने पूर्वसांसद अमरेशकुमार सिंह सर्लाही-४ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । चितवन-३ मा कोइरालालाई एमालेले समर्थन गरेको छ ।

पौडेलकाअनुसार उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा समेत उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई पार्टी विधानको धारा ३४ (४) (क) बमोजिम पार्टीको सदस्य समेत नरहने गरी ५ बर्षका लागि निस्कासन गरिएको छ ।

प्रकाशित : आश्विन २६, २०७९ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×