२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०४

कालिकोटको राँचुलीमा मलामी गएका १५ जना सम्पर्कविहीन

तुलाराम पाण्डे

कालिकोट — तिलागुफा–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् ।

शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदी गएका वडाअध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १५ जना सम्पर्कमा नआएको राँचुलीकी स्थानीय एवं सामाजिक कार्यकर्ता निर्मला शाहीले जानकारी दिइन् ।

राँचुलीमा मलामी गएकाहरु सम्पर्कविहीन भएको खबर आएको र आफूहरु यसबारे अनुसन्धानमा लागेको सीडीओ रामहरि शर्माले जनाए ।

यस्तै, राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन् । उनीहरु सबै अहिले त्यहाँको कालिका माविमा बसिरहेका छन् ।

प्रकाशित : आश्विन २४, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?