२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

स्याङ्जामा गठबन्धनका दोहोरो उम्मेदवार

प्रतिक्षा काफले

कास्की — स्याङ्जामा गठबन्धनबीच असन्तुष्टि बढ्दै गएपछि गठबन्धनबाटै दोहोरो उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ दलका शिर्ष नेताले सिट बाँडफाँट टुंग्याए पनि जिल्लामा भने प्रदेशका दुई निर्वाचन क्षेत्रमा आ–आफ्ना उम्मेदवार दर्ता गराए ।

स्याङ्जामा गठबन्धनका दोहोरो उम्मेदवार

शुक्रबार बेलुकासम्म सिट बाडँफाँट गर्दा जिल्लाका दुवै प्रतिनिधिसभा कांग्रेसलाई राखिएको थियो भने १ को 'क' मा माओवादी र 'ख' मा कांग्रेस, २ को 'क' मा समाजवादी र 'ख' मा कांग्रेसलाई दिइएको थियो । तर, जिल्लामा कांग्रेसको असन्तुष्टिका कारण शनिबार बेलुका समाजवादीको सिट खोसिएको खबर प्राप्त भएको थियो ।

आइतबार उम्मेदवारी दर्ता गर्ने क्रममा कांग्रेसबाट भोजराज अर्याल र नेकपा समाजवादीवाट रामचन्द्र भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । यता, १ को 'क' मा पनि कांग्रेसका मेखलाल श्रेष्ठ र माओवादी केन्द्रकी अमृता थापामगरले उम्मेदवारी दर्ता गराए । दुवै जनाले केन्द्रबाट टिकट ल्याएको प्रमाण देखाएका थिए ।

वामगठबन्धनबाट उम्मेदवारी दर्ता गर्न जाने क्रममा कांग्रेसका मेखलालले आफूले पनि टिकट ल्याएको प्रमाण देखाएपछि उम्मेदवारी दर्ता भएको कांग्रेस पुतलीबजार नगर सचिव महादेव श्रेष्ठले बताए । उनका अनुसार यस विषयमा सोमबार गठबन्धनको बैठक राखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमक्ष यस विषयमा कुरा पुगिसकेकाले बाँकी निर्णय केन्द्रबाट नै हुने उनले बताएका छन् ।

प्रकाशित : आश्विन २३, २०७९ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?