कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
आमनिर्वाचन २०७९

एमाले निवर्तमान सांसद रामवीर मानन्धरको स्वतन्त्र उम्मेदवारी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका निवर्तमान सांसद रामवीर मनान्धरले काठमाडौं निर्वाचन क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले उम्मेदवार बनाउने विषयमा कुनै परामर्श नगरेको भन्दै मानन्धरले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको बताएका छन् ।

एमाले निवर्तमान सांसद रामवीर मानन्धरको स्वतन्त्र उम्मेदवारी

'यस क्षेत्रबाट २/२ पटक जितेको नेता हुँ । टिकट वितरण लगायत विषयमा मसँग कुनै परामर्श छलफल छैन । त्यसैले मैले स्वतन्त्र उम्मेदवारी दिएको छु,' मानन्धरले इकान्तिपुरसित भने ।

२०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभाको चुनावमा मानन्धर यही क्षेत्रबाट विजयी भएका थिए । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मानन्धर शहरी विकास राज्यमन्त्रीसमेत बनेका थिए । एमालेले भने उक्त क्षेत्रमा स्थानीय नेता श्याम घिमिरेलाई उम्मेदवार बनाएको छ ।

मानन्धरले गत वैशाखमा भएको स्थानीय निर्वाचनमा पनि काठमाडौं महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार केशव स्थापित विरुद्ध सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गर्दै आएका थिए । त्यस क्रममा उनले एमालेकै मेयरका उम्मेदवारलाई असयोग गरेका थिए ।

प्रकाशित : आश्विन २३, २०७९ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?