कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४४

काठमाडौं–५ मा प्रदीप पौडेलको उम्मेदवारी दर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । पौडेलले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् । ०७४ मा तनहुँमा माओवादी केन्द्रकी आशा कोइरालासँग प्रदेशसभा सदस्यमा ५ मतले पराजित भएका पौडेल यसपटक तनहुँ–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका आकांक्षी थिए ।

काठमाडौं–५ मा प्रदीप पौडेलको उम्मेदवारी दर्ता

तर, तनहुँका स्थानीय बासिन्दा पौडेललाई कांग्रेसले काठमाडौं–५ मा ल्याएर उम्मेदवार बनाएको हो । यहाँ ०७४ को निर्वाचनमा नेता प्रकाशशरण महत, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पराजित थिए । यसपटक पनि एमालेले पोखरेललाई नै उम्मेदवार बनाएको छ ।

तनहुँमा दुई वटा निर्वाचन क्षेत्र छन् । तर, तनहुँ–१ मा रामचन्द्र पौडेलले निरन्तर चुनाव लड्दा तनहुँ–२ नेता व्यवस्थापनका लागि उपयोग हुँदै आएको छ । कांग्रेसले यसपटक पनि तनहुँ–२ मा शंकर भण्डारीलाई उम्मेदवार बनाएको छ ।

काठमाडौं–५ मा प्रदेशसभातर्फ नेपाली कांग्रेसकै (क)मा श्याम खड्का र (ख) मा भैरव सापकोटाले मनोनयन दर्ता गरेका छन् ।

प्रकाशित : आश्विन २३, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×