कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

चितवन-३ मा कांग्रेस केन्द्रीय सदस्य कोइरालाले दिए बागी उम्मेदवारी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन-३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनमा चितवन-३ नेकपा माओवादी केन्द्रको भागमा परेको सिट हो । उनले पार्टीको निर्णयबिपरीत चितवन-३ मा बागी उम्मेदवारी दिएका हुन् ।

चितवन-३ मा कांग्रेस केन्द्रीय सदस्य कोइरालाले दिए बागी उम्मेदवारी

यहाँ गठबन्धनका लागि माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ । ०७४ मा भने यो क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित थिए ।

यसपटक पनि दाहाल नै यहाँबाट उम्मेदवार बन्ने चर्चा थियो । तर अन्तिम समयमा उनले चितवन छोडेर गोरखा-२ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । दाहालले छोडेपछि माओवादी केन्द्रले यहाँबाट भरतपुर अस्पतालका अध्यक्ष अधिकारीलाई उम्मेदवार बनाएको हो ।

प्रकाशित : आश्विन २३, २०७९ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×