

काठमाडौँ — नेकपा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । आइतबार उनले मनोनयन दर्ता गराएका हुन् ।


उनी यसअघि २०७४ को निर्वाचनमा भट्टराई सोही क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग पराजित भएका थिए । भट्टराई एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छँदा उनको अन्नर्राष्ट्रिय मामिला सल्लाहकार थिए । हाल उनी स्थायी कमिटी सदस्यसहित विदेश विभाग प्रमुख हुन् ।
साथै केपी ओलीभन्दा पहिले एमालेबाट माधव नेपाल प्रधानमन्त्री छँदा पनि उनी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार थिए । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका भट्टराई केपी ओली निकट नेताको रुपमा चिनिन्छन् ।
सोही क्षेत्रबाट सत्ता गठबन्धनको तर्फबाट यसपटक पनि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मनोनयन दर्ता गर्दैछन् ।
