२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा रहेका सयौं यात्रु चार दिनदेखि अलपत्र

घनश्याम खडका

म्याग्दी — बेनी–जोमसोम सडकअन्तर्गत बेनी–घाँसा खण्डको ठाउँठाउँमा पहिरो जाँदा हिमालपारिको जिल्ला मुस्ताङ भ्रमणमा आएका र जान हिँडेका सयौं पर्यटक अलपत्र परेका छन् । मंगलबार साँझदेखि लगातारको वर्षाले सडकमा पहिरो झरेपछि यातायात अवरुद्ध हुँदा बस, जीप र मोटरसाइलमा आएका पर्यटक म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसासम्म ३८ किलोमिटर सडकको विभिन्न खण्डमा फसेका हुन् ।

सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा रहेका सयौं यात्रु चार दिनदेखि अलपत्र

बेनी–जोमसोम सडक अन्तर्गत रघुगंगा गाउँपालिकाको चमेरे, बैसरी र अन्नपूर्ण गाउँपालिका ३ दानाको लाटाखोला, रुप्से झरनासहित दर्जन बढी स्थानमा पहिरो झरेपछि यातायात अवरुद्ध छ । मुस्ताङ उक्लने र फर्कन लागेका यात्रुहरु दाना, तातोपानी, पोखरे, तिप्ल्याङ लगायत बस्तीमा रोकिएका हुन् । गाडी रिजर्भ गरी आएका, निजी गाडी वा मोटरसाइकलमा यात्रारत पर्यटक सवारी साधन छोडेर हिँड्न नमिल्ने भएपछि बाटोमा फसेका हुन् ।

‘बेनी–घाँसा खण्डका विभिन्न ठाउँमा पहिरोका कारण यातायात अवरुद्ध हुँदा यात्रारत सयौं पर्यटक चार दिनदेखि बाटोमा फसेका छन्’ प्रमुख जिल्ला अधिकारी चिरिन्जिवी रानाले भने, ‘हामी उद्धारका लागि सक्दो प्रयासमा छौं । बैसरी, तातोपानी, दाना र काप्रेभीरका मुख्य पहिरो शनिबार साँझसम्म पन्छ्याउन सकिएमा पर्यटकको उद्दार हुनेछ ।’ उनका अनुसार बैसरी र दानामा निरन्तर पहिरो झरिरहेकोले पन्छ्याउन समस्या भइरहेको छ ।


प्रकाशित : आश्विन २२, २०७९ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?