घनश्याम खडका

घनश्याम खडकाका लेखहरु :

राहुघाट जलविद्युत् आयोजनाको मुख्य टनेल यसै साता 'ब्रेकथ्रु' हुने

रघुगंगा गाउँपालिका-३ पिप्लेमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको भौतिक प्रगति ७१ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाईड्रो लिमिटेड प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको कुल ६ हजार २ सय ७० मिटर लामो टनेल मध्य ५ हजार ८ सय ३१ मिटर टनेल खनिएको छ । 

कोरला नाका १५ दिन बन्द रहने

मुस्ताङको लोमन्थाङ गाउँपालिका-१ छोसेर स्थित कोरला नाका १५ दिनका लागि बन्द हुने भएको छ । लो-घेकर दामोदरकुण्ड गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सो नाका बिहीबारदेखि १५ दिनसम्म बन्द रहने सूचित गरेको हो ।  

७ पर्वतारोही धौलागिरि चुचुरोमा 

संसारको सातौं अग्लो हिमाल धौलागिरि प्रथम हिमालको यो सिजनमा बुधबारसम्म ७ जना पर्वतारोहीले सफल आरोहण गरेका छन् । नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जितेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पाले बुधबार बिहान धौलागिरि हिमालको सफल आरोहण गरेका हुन् ।

सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा रहेका सयौं यात्रु चार दिनदेखि अलपत्र

बेनी–जोमसोम सडकअन्तर्गत बेनी–घाँसा खण्डको ठाउँठाउँमा पहिरो जाँदा हिमालपारिको जिल्ला मुस्ताङ भ्रमणमा आएका र जान हिँडेका सयौं पर्यटक अलपत्र परेका छन् । मंगलबार साँझदेखि लगातारको वर्षाले सडकमा पहिरो झरेपछि यातायात अवरुद्ध हुँदा बस, जीप र मोटरसाइलमा आएका पर्यटक म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसासम्म ३८ किलोमिटर सडकको विभिन्न खण्डमा फसेका हुन् ।

सत्य निरुपण ऐन संशोधन विधेयक शुक्रबार संसद्‌मा लैजाने तयारी

कानुन मन्त्रालयले बिहीबार रातभरमा संक्रमणकालीन न्यायका सम्बन्धमा ऐन संशोधन गर्ने भएको छ । ऐन संशोधन गर्न मन्त्रालयको विधायन समितिको बैठक सिंहदरबारमा बसिरहेको छ । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाको नेतृत्वमा बसेको बैठकमा मुख्य सचिव शंकर बैरागी, कानुन सचिव उदय सापकोटा तथा सहसचिव मानबहादुर अर्याल लगायतको समूहले रातभरिमा ऐन संशोधन गरेर भोलि ‘फस्ट आवरमै’ संसद्ओमा अनुमोदनका लागि पेस गर्ने भएपछि पीडित तथा अधिकारवादीहरुले धोका नहोस् भन्दै सिंहदरबार पुगेर खबरदारी गरेका छन् ।

घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका लालचन २ मतले विजयी

मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार २ मतको अन्तरले विजयी भएका छन् । उनले एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गरेका हुन् । उक्त पालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिकामा मतगणना जारी, एमालेको अग्रता

मुस्ताङको घरपझोङ गाउँपालिकामा मत गणना जारी छ । वडा नम्बर १ को मत गणना सकिँदा एमालेका अध्यक्ष उम्मेदवार सञ्जयकुमार थकालीले अग्रता लिएका छन् । उनले १४९ मत ल्याएका छन् ।यस्तै कांग्रेसका अध्यक्ष उम्मेदवार मोहनसिंह लालचनले ४५ मत ल्याएका छन् ।

चुनावी अभियानमा दलहरू

स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक सरगर्मी बढेको छ । मतदाता फकाउन नेताहरू गाउँ चहार्न थालेका छन् । राजनीतिक दल अहिले आफ्ना कार्यक्रम लिएर गाउँगाउँ पुगेका छन् । सदरमुकाम बेंसीसहरका साथै बजारक्षेत्रमा चुनावको रन्को खासै लागेको छैन ।

सामूहिक बलात्कारका आरोपी १९ दिनपछि पक्राउ

बेनी नगरपालिका–५ की २५ वर्षीया महिलालाई बलात्कार गरी फरार भएका तीन आरोपीहरू १९ दिनपछि पक्राउ परेका छन् । बलात्कार आरोपीका परिवारले कात्तिक ४ गते बिहानसम्म थुनछेक गरी आर्थिक प्रलोभनमा घटना लुकाउने प्रयास गरे पनि पीडितले लुकीछिपी भागेर प्रहरी कार्यालयमा जाहेरी दिन पुगेको बताएकी छन् । पीडितका अनुसार बलात्कारको क्रममा नजिकै रहेका १० वर्षीय छोरा चिच्याउन खोज्दा उनलाई आरोपीले सिरकले मुख थुनेर राखेका थिए ।