रेशम चौधरी पक्राउ अनधिकृत, न्यायाधीशको क्षेत्राधिकार शाखा अधिकृतद्वारा ‘अपहरण’

रेशम चौधरी पक्राउ

वैशाख १७, २०८२

घनश्याम खडका

Resham Chaudhary arrested without authorization, 'kidnapped' by Jurisdiction Branch Officer

काठमाडौँ — अदालतको प्रशासनले नै इजलासबाट आएको फैसला शैलीमा पत्र लेखेर प्रहरीलाई दिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको खुलेको छ ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिएका छन् । यही पत्रका आधारमा प्रहरीले चौधरीलाई बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको हो । 

'यो पत्र प्रथम दृष्टिमै गैरकानुनी र गैसंवैधानिक छ,' चौधरीका अधिवक्ता टेकबहादुर कुँवरले भने, 'रेशमलाई राज्य संयन्त्रको दुरुपयोग गरेर थुनिएको छ । ' २०८० जेठ १४ राष्ट्रपतिद्वारा दिइएको आममाफीको निर्णयविरुद्ध परेको रिट सर्वोच्चमा विचाराधीन छ । 

सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले भने सर्वोच्चको आदेश कार्यान्वयन गर्न चौधरीलाई पक्राउ गरिएको स्पष्टीकरण दिएको छ । पक्राउलगत्तै उनलाई डिल्लीबजार कारागारमा बुझाइएको थियो ।

यस्तो छ पत्र :

Resham Chaudhary arrested without authorization, 'kidnapped' by Jurisdiction Branch Officer

घनश्याम

Link copied successfully