महावीर पुनले गरेनन् मतदान

७१ वर्षका पुनले मन्त्री भइसकेपछि मात्र मतदाता नामावलीमा नाम लेखाएका थिए ।

फाल्गुन २१, २०८२

घनश्याम खडका

Mahavir Pun did not vote

म्याग्दी — म्याग्दी निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले मतदान गरेनन् ।

चुनावी प्रचारका क्रममा 'मैले आजसम्म कसैलाई भोट हालेको छैन, यसपटक पहिलोपटक हाल्दै छु' भनी सार्वजनिक घोषणा गरेका पुनले अन्ततः आफ्नै लागि समेत मत खसालेनन्।

चितवनको राप्ती नगरपालिका–८, खुरखुरेका स्थायी बासिन्दा रहेका पुनको मतदाता नामावली सोही ठाउँको ब्रजहठी आधारभूत विद्यालयको केन्द्रमा रहेको छ । 'मतदानका लागि चितवन पुग्नुपर्थ्यो,' उनका सहयोगी चित्र तिलिजाले भने, 'उहाँ मतदानका लागि चितवन जानुभएन ।'

७१ वर्ष उमेर पुगेका पुनले मन्त्री भइसकेपछि मात्र मतदाता नामावलीमा नाम लेखाएका थिए ।

घनश्याम

Link copied successfully