२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५०

बाथरुममा चिप्लिएर बालकृष्ण ढुंगेलको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । काँडाघारीस्थित उनी बस्दै आएको घरको बाथरुममा चिप्लिएर उनको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले जानकारी दिए ।

बाथरुममा चिप्लिएर बालकृष्ण ढुंगेलको मृत्यु

उनको मृत्यु भएको खबर पाउनासाथ अनुसन्धानका लागि प्रहरी काँडाघारी जाँदै गरेको उनले बताए । ओखलढुंगाका ढुंगेल २०६४ सालमा तत्कालीन नेकपा माओवादीबाट सभासद् भएका थिए ।

एमाले पोलिटब्युरो सदस्य ढुंगेल नेकपा विभाजन भएपछि एमालेमै बसेका थिए ।

प्रकाशित : आश्विन २२, २०७९ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?