कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

जुम्लाको कनकासुन्दरीमा पहिरोले पुरिएर ५ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्युु भएको छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार २ जना बेपत्ता छन् ।

२ जनाकाे गम्भीर अवस्थामा उद्धार गरिएको छ । उनीहरूलाई अस्पतालतर्फ पठाइएको र घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनःस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

प्रकाशित : आश्विन २२, २०७९ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?