२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

कार्यकाल सकेर बिदा भए प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेती र सदस्यसचिव उपाध्याय

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र सदस्यसचिव जगतप्रसाद उपाध्याय कार्यकाल सकिएर बिदा भएका छन् । यही २०७९ असोज २१ गतेबाट चारवर्षे कार्यकाल पूरा गरी बाहिरिएका हुन् । 

कार्यकाल सकेर बिदा भए प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेती र सदस्यसचिव उपाध्याय

उप्रेती यसअघि प्रतिष्ठानका दोस्रो कार्यकालका निम्ति कुलपति दोहोरिएका थिए भने त्यसअघि एक कार्यकाल उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी उपाध्यायले यसअघि दुई कार्यकाल प्राज्ञ सभा सदस्य र एक कार्यकाल सदस्य सचिवको जिम्मेवारी लिएका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रज्ञा परिषद्का ११ कार्यकारीमध्ये कुलपति र सदस्यसचिव नियुक्ति गरेको थियो । त्यसको तीन महिनापछि अरु नौ सदस्य नियुक्त गरिएको थियो ।

तत्काल कुलपतिको जिम्मेवारी उपकुलपति डा. जगमान गुरुङ र सदस्यसचिवको जिम्मेवारी प्राज्ञ सदस्य हेमनाथ पौडेललाई दिइएको छ । कार्यरत प्राज्ञहरू प्राध्यापक दिनेशराज पन्त, भाषाशास्त्री योगेन्द्रप्रसाद यादव, प्राध्यापक उषा ठाकुर, माया ठकुरी, प्राध्यापक गोपीन्द्र पौडेल, लक्ष्मी माली र देवी नेपाल तथा प्राज्ञ सभाका सदस्यहरूको कार्यावधि आगामी मंसिरसम्म रहेको छ ।

कार्यकाल पूरा भएसँगै प्रतिष्ठानका कुलपति र सदस्य सचिवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आफ्नो कार्यवधि सफल भएको उल्लेख छ ।

प्रकाशित : आश्विन २२, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?