कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङको टहडामा पहिरो जाँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ — अविरल वर्षाका कारण पहिरो जाँदा दाङको गढवा गाउँपालिका टहडामा पर्ने पूर्व-पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । बिहानैदेखि गएको पहिरोले सयौं सवारी साधन जाममा परेका छन् भने दसैंका लागि घर जाने र घरबाट फर्किने यात्रुहरू अलपत्र परेका छन् ।

दाङको टहडामा पहिरो जाँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

अहिले उक्त स्थानमा पहिरो हटाउनका लागि कुनै पहल नभएको र सडक डिभिजनका एक कर्मचारी पहिरोको अनुगमन गरेर फर्किएका छन् । मुसलधारे पानी परिरहेकाले यात्रुहरू अलपत्र परेका छन् ।

छिनछिनमा गएको पहिरोले पूरै सडक पुरेपछि सबै सवारी साधनहरू रोकिएका हुन् ।

प्रकाशित : आश्विन २१, २०७९ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?