२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

चन्द्रागिरी- २ मा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — चन्द्रागिरी नगरपालिका २ देउराली नजिकै गएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे धुलिखेल- १२ का स्थानीयवासी ५१ वर्षीय राजु श्रेष्ठ‚ उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र छोरी डेढ वर्षीया सारथी श्रेष्ठ रहेको चन्द्रागिरी- २ का वडाध्यक्ष भाइकृष्ण तामाङले बताए । 

चन्द्रागिरी -२ देउराली नजिकै मसिनी जाने बाटोमा वर्षाका कारण पहिरो आई रेकी ध्यान केन्द्रमा सुतिरहेको अवस्थामा उनीहरूको मृत्यु भएको वडाध्यक्ष तामाङले कान्तिपुरलाई बताए । उनीहरू केही समयदेखि बिरामी भएकाले उक्त ध्यान केन्द्रमा उपचारका लागि बस्दै आएको उनले जानकारी दिए ।

राति १२:४० बजे गएको पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । अहिले स्थानीय जनप्रतिनिधि र स्थानीयको सहयोगमा नागढुंगा प्रहरी प्रभाग‚ सशस्त्र प्रहरीको नीलबाराही गण र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।

शुक्रबार बिहान ६:४० बजे मेसिन लगाएर शव निकालिएको वडाध्यक्ष तामाङले बताए । अहिले मौसम खुलेको र पहिरो जाने क्रम पनि रोकिएको उनले बताए ।

प्रकाशित : आश्विन २१, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?