यस्तो छ प्रदेशसभाका उम्मेदवारले खर्च गर्न पाउने सीमा [सूचीसहित]- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो छ प्रदेशसभाका उम्मेदवारले खर्च गर्न पाउने सीमा [सूचीसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेशसभाका उम्मेदवारहरूको निर्वाचन क्षेत्रअनुसार खर्चको सीमा निर्धारण गरिएको छ । निर्वाचन आयोगले प्रत्येक निर्वाचन क्षेत्रका उम्मेदवारले खर्च गर्न पाउने सीमा आइतबार सार्वजनिक गरेको छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी निर्वाचन खर्चको अधिकतम सीमा तोकेको हो ।

प्रतिनिधिसभातर्फका उम्मेदवारले २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने अधिकतम हद तोकेको आयोगले प्रदेशसभाका निर्वाचन क्षेत्रका लागि १५ लाखदेखि २३ लाख रुपैयाँ खर्च सीमा निर्धारण गरेको हो । यो निर्वाचन खर्च प्रत्यक्षतर्फको लागि मात्रै हुनेछ ।

समानुपातिकतर्फका उम्मेदवारले गर्ने खर्चको सीमा छुट्टै तोकिएको छ । प्रदेशसभाका ७० वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद १५ लाख रुपैयाँ कायम गरिएको प्रवक्ता शर्माले जानकारी दिएका छन् । त्यस्तै, १४३ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद १७ लाख रुपैयाँ कायम गरिएको छ भने ५६ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद १९ लाख रुपैयाँ कायम गरिएको छ ।

प्रदेशसभातर्फ प्रत्यक्ष उम्मेदवार बन्ने २९ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले बढीमा निर्वाचन खर्च २१ लाख रुपैयाँ कायम गरिएको छ भने प्रदेशसभातर्फ सबैभन्दा बढी २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्र ३२ वटा छन् ।

प्रदेशसभाका समानुपातिकका प्रत्येक उम्मेदवारले निर्वाचन प्रचारका क्रममा १ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले निर्णय गरेको छ ।

निर्वाचन क्षेत्र र खर्च सीमाः

प्रकाशित : आश्विन १६, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिनिधिसभाको कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउने ? [सूचीसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ । आयोगले  निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई निर्वाचनका लागि खर्चको अधिकतम हद तोकेको प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको निर्वाचनको हकमा ५ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद २५ लाख रुपैयाँ तोकिएको छ । १७ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद २७ लाख रुपैयाँ कायम गरिएको छ भने ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवार वा दलले चुनावी खर्चस्वरुप २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

५२ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद ३१ लाख रुपैयाँ कायम गरिएको छ भने २६ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद ३३ लाख रुपैयाँ कायम गरिएको छ । सबैभन्दा बढी खर्चको सीमा ३३ लाख रुपैयाँ कायम गरिएको छ भने सबैभन्दा कम २५ लाख । यसअघि सबै क्षेत्रका उम्मेदवार वा दलहरूले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था थियो ।

समानुपातिकतर्फका उम्मेदवारले गर्ने खर्चको सीमा छुट्टै तोकिएको छ । समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद प्रत्येक राजनीतिक दलले पेस गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार २ लाख रुपैयाँको सीमा तोकिएको छ ।

त्यस्तो निर्वाचन खर्च रकम प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय क्षेत्रमा खर्च गर्न पाउने आयोगले जनाएको छ ।

निर्वाचन क्षेत्र र खर्चको सीमा सूची :

प्रकाशित : आश्विन १६, २०७९ १७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×