कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजदूत होउ यान्छी अर्को महिना चीन फर्किँदै

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी अर्को महिना चीन फर्किने हुँदा उनले नेपालमा अन्तिम पटकको उच्चस्तरीय भेटघाटका लागि प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलसँग समय समेत माग गरेकी छन् ।

राजदूत होउ यान्छी अर्को महिना चीन फर्किँदै

राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स(आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउन लागिएको उच्चस्तरीय कूटनीतिक स्रोतले जानकारी दिएको छ । राजदूत होउ फर्केसँगै नयाँ राजदूतमा को आउने भन्नेबारे निर्णय भइनसकेको कूटनीतिक स्रोतले जनाएको छ । सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा होउ नेपाल आएकी थिइन् ।

शुक्रबार नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएसँगै चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी आइतबार स्वदेश फर्कँदै छन् ।

प्रकाशित : आश्विन १५, २०७९ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?