२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मेरा लागि राजनीति गर्ने समय १० वर्ष मात्रै छ : महामन्त्री थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्रको शुद्धीकरणका लागि विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार काठमाडौं क्षेत्र नम्बर  ४ द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्र नयाँ संघर्षको बोध हुन लागेको बताए । 

मेरा लागि राजनीति गर्ने समय १० वर्ष मात्रै छ : महामन्त्री थापा

आफ्नो राजनीति गर्ने समय १० वर्ष मात्रै भएको उल्लेख गर्दै उनले भने, 'पार्टीभित्रको शुद्धीकरणका लागि विद्रोह गर्नु पर्ने अवस्था आएको छ। पार्टीभित्र नयाँ संघर्षको बोध हुन लागेको छ। सबै कार्यकर्तालाई निराश बनाउँदिनँ । मेरा लागि राजनीति गर्ने समय मात्रै १० वर्ष छ । अघि बढ्न यही राजनीति मात्रै छैन।'

अहिलेको राजनीतिक प्रणाली चुनावदेखि चुनावका लागि भएको उनले बताए । नेपालमा उत्पादित वस्तुले बजार पाउने अवस्था बने दस वर्षमा १० लाख युवाले रोजगारी पाउने अवस्था सिर्जना हुने उनले बताए ।

प्रकाशित : आश्विन १४, २०७९ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?