१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ठमेलमा कांग्रेसको 'विद्रोही' पक्षको भेला, समानुपातिक सूची सच्याउन माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका विद्रोही नेताहरुको भेला ठमेलस्थित एक होटलमा चलिरहेको छ । आगामी निर्वाचनका लागि टिकट वितरणमा सभापति शेरबहादुर देउवाको भूमिकाप्रति प्रश्न उठाउँदै कोइराला समूहका दोस्रो तहका नेताहरु निरन्तर विद्रोही भेला र कार्यक्रम गरिरहेका छन् ।

ठमेलमा कांग्रेसको 'विद्रोही' पक्षको भेला, समानुपातिक सूची सच्याउन माग

पार्टीमा ४० प्रतिशत सिट मागिरहेको कोइराला समूहका नेताहरुले समानुपातिक उम्मेदवार चयनमा सभापति देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै विरोध गर्दै आएका छन् । समानुपातिक सूचीमा रहेका नाम सच्याउनुपर्ने उनीहरुको माग छ । कोइराला समूहका नेताहरुले विद्रोही गतिविधि गरे पनि नेता कोइरालासहित पदाधिकारीहरु भने सहभागी भएका छैनन् ।

ठमेलमा जारी भेलालाई बागमती प्रदेश सभापतिका प्रत्याशी जगदीश्वरनरसिंह केसीले संयोजन गरेका छन् भने भेलामा केन्द्रीय सदस्यहरु अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतम, मधु आचार्य, प्रदेश १ सभापतिका प्रत्यासी गुरुराज घिमिरे, कर्णाली प्रदेश सभापतिका प्रत्याशी भुपेन्द्रजंग शाही, धादिङ सभापति रामनाथ अधिकारी, चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठ लगायत नेताहरु सहभागी छन् ।

विद्रोही गतिविधि गर्दै आएका नेताहरुले सभापति देउवाले बेलैमा पार्टीभित्रको शक्ति समीकरणलाई ध्यान नदिए चुनावमै विद्रोह गर्ने सम्मको चेतावनी दिँदै आएका छन् । उनीहरुले सभापति देउवाले पार्टीभित्रको प्रतिस्पर्धी समूहलाई भन्दा गठबन्धनका अन्य दलहरुलाई महत्व दिएको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित : आश्विन १०, २०७९ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?