कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सापकोटाले अध्यक्षता गरेको बैठकका निर्णय कार्यान्वयन नगर्न तिमिल्सिनाको निर्देशन [पत्रसहित]

काठमाडौँ — राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् व्यवस्थापन समितिको असोज ५ को बैठकले गरेका निर्णय कार्यान्वयन नगराउन संघीय संसद्का महासचिव भरतराज गौतमलाई पत्र लेखेका छन् ।

सापकोटाले अध्यक्षता गरेको बैठकका निर्णय कार्यान्वयन नगर्न तिमिल्सिनाको निर्देशन [पत्रसहित]

सभामुख अग्निप्रसाद सापकोटाको कार्यावधि सकिएको र उनको अध्यक्षतामा अवैधानिक बैठक बसी निर्णय भएको भन्दै अध्यक्ष तिमिल्सिनाले महासिचव गौतमलाई पत्र लेखेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले आइतबार महासचिव गौतमलाई पत्र लेखेको राष्ट्रिय सभाका एक अधिकारीले जानकारी दिए । अध्यक्ष तिमिल्सिनाले महासचिवलाई लेखेको पत्रमा संघीय संसद् व्यवस्थापन समितिको असोज ५ का निर्णय कार्यान्वयन गर्न उपयुक्त नदेखिएको उल्लेख छ ।

प्रतिनिधिसभाको कार्यकाल उम्मेदवारी दर्ता हुने दिनसम्म रहने ब्याख्या गर्दै तिमिल्सिनाले महासचिवलाई पत्र लेखेको बताइएको छ । समानुपातिकको लागि नयाँ बन्दसूची निर्वाचन आयोगमा दर्ता भइसकेको अवस्थामा प्रतिनिधिसभा सभामुख र उपसभामुखको कार्यकाल सकिएको हो कि होइन भनेर उनले आयोगलाई पनि पत्र पठाएर जवाफ मागेका थिए । 'संविधान, प्रचलित कानुन र अभ्यासअनुरुप पदावधि' मान्नुपर्ने र त्यस आधारमा सभामुख र उपसभामुखको कार्यकाल सकिएको अध्यक्ष तिमिल्सिनाले भनेका छन् ।


प्रकाशित : आश्विन ९, २०७९ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?