कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो छ सभामुख र उपसभामुखको पदावधि खुलाउन आयोगलाई राष्ट्रियसभा अध्यक्षको पत्र

आयोगले भोलिपल्टै पठाएको थियो जवाफ

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकाल कति हो भन्ने कुरा खुलाएर जवाफ पठाउन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचन आयोगलाई पत्र लेखेको खुलेको छ ।

यस्तो छ सभामुख र उपसभामुखको पदावधि खुलाउन आयोगलाई राष्ट्रियसभा अध्यक्षको पत्र

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको निजी सचिवालयमा कार्यरत उपसचिव सुशीला आचार्यले असोज ६ मा आयोगलाई पत्र लेखेकी थिइन् ।

अवधि सम्बन्धमा लेखिएको पत्रमा भनिएको छ, 'प्रस्तुत विषयमा संघीय संसद् प्रतिनिधिसभाको निर्वाचन २०७९ मंसिर ४ गतेका लागि घोषणा भई सम्मानित निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रमको कार्यतालिका समेत प्रकाशन भइसकेको सन्दर्भमा नेपालको संविधान बमोजिम २०७४ सालमा गठन भएको प्रतिनिधिसभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि कहिलेसम्म रहने हो खुलाई पठाइदिनुहुन निर्देशानुसार अनुरोध छ ।'

राष्ट्रिय सभा अध्यक्षको निजी सचिवालयको पत्रको जवाफ आयोगले भोलिपल्ट नै दिएको थियो । 'नेपाल सरकारबाट प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको लागि निर्वाचनको मिति तोकिई मतपत्र छपाई समेत गरी निर्वाचनको सघन रूपमा तयारी भइरहेको सन्दर्भ समेतलाई आधार मानी प्रतिनिधिसभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि निर्क्योल हुनुपर्छ भन्ने आयोगको मत रहेको साथी निर्वाचित संसद्को कार्यकाल आयोगले निश्चित गर्ने नभई नेपालको संविधान र प्रचलित कानुन र विगतको अभ्यास बमोजिम निश्चित हुने हुँदा सोही बमोजिम हुन अनुरोध गरिन्छ ।'


प्रकाशित : आश्विन ९, २०७९ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?