कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लगानी कोषमा अनलाइन प्रणालीबाटै शिक्षकको फाँटवारी पठाउने व्यवस्था सुरु

काठमाडौँ — नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकले सावधिक जीवन बिमा योजनाअन्तर्गत अनिवार्यरुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ ।

लगानी कोषमा अनलाइन प्रणालीबाटै शिक्षकको फाँटवारी पठाउने व्यवस्था सुरु

यो भन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका कर्मचारीको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो ।

विद्युतीय सरकारी लेखा प्रणाली (सिगास) प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालयबाहेकका कार्यालयलाई लक्ष्यित गरी कोषले यस्तो सुविधा यसअघि नै सुरु गरेको हो ।

शिक्षकहरुले यो सुविधा उपयोग गरी अनलाइन प्रणालीबाट मात्र फाँटवारी अपलोड गरी रियल टायममै सम्बन्धित शिक्षक, कर्मचारीको खातामा रकम प्रविष्ट हुने हुँदा सिगास प्रणालीबाट पारिश्रमिक वितरण गर्ने कार्यालयबाहेक कार्यालय, विद्यालयले यो सुविधा लिँदा कारोबारमा सहजता आउने कोषको दाबी छ ।

प्रकाशित : आश्विन ९, २०७९ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?