१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
उज्यालो पूर्व

'स्टार्टअपका लागि वित्तियसँगै सांस्कृतिक सहयोग भएन'

विराटनगर — युवा उद्यम कार्यशाला सञ्चालक अनिल पराजुलीले स्टार्टअपका लागि वित्तिय र सांस्कृतिक हिसाबले सहयोग नभएको बताएका छन् । कान्तिपुर दैनिकले आयोजना गरेको ‘कान्तिपुर उज्यालो पूर्व’ कार्यक्रम अन्तर्गतको तेस्रो सत्र ‘युवा उद्यमीका अपेक्षा’मा उनले सो कुरा बताएका हुन् । 

'स्टार्टअपका लागि वित्तियसँगै सांस्कृतिक सहयोग भएन'

‘हामीले सिटी क्यापिटलको कुरा गरिरहेका छौं, अलिकति व्यापार विस्तार गर्न खोजेका हुन्छौं, वित्तिय तथा मार्केटिङ सहयोग हुँदैन । सांस्कृतिक हिसाबबाट पनि सहयोग हुँदैन,’ स्टार्टअप एन्ड इनोभेसन सपोर्ट एक्सपर्ट पराजुलीले भने, ‘मलाई २० लाख रुपैयाँ चाहिएको छ । मसँग धितो छैन, धितो नहुँदा बैंकबाट पैसा पाएको छैन । पछिल्लो समय तरलता अभाव छ, व्यापार लागत बढेको छ । व्यापार महंगो भएको छ ।’

स्टार्टअप क्षेत्रमा दक्ष मानव संसाधनको अभाव रहेको उनले बताए । त्यस्तै, न्यूनतम ज्यालाको पनि मुख्य समस्या रहेको बताए । व्यापार व्यवसाय गर्दा विफल हुन्छ भन्ने मानशिकता नत्यागेसम्म उद्यमीको विकास ग्राह्रो हुने बताए ।

प्रकाशित : आश्विन ८, २०७९ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?