कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
उज्यालो पूर्व

संघीय सरकारले समय सापेक्ष नीति ल्याउनुपर्छ : व्यवसायी राठी

विराटनगर — संघीय सरकारले बनाएका नीतिगत व्यवस्थाले उद्योग र व्यवसाय प्रभावित हुने गरेको मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले बताएका छन् ।

संघीय सरकारले समय सापेक्ष नीति ल्याउनुपर्छ : व्यवसायी राठी

कान्तिपुर दैनिकले विराटनगरमा आयोजना गरेको ‘कान्तिपुर उज्यालो पूर्व’ कार्यक्रम अन्तर्गतको तेस्रो सत्र ‘युवा उद्यमीका अपेक्षा’ मा उनले यस्तो बताएका

‘नीति निर्माण संघीय सरकारले नै गर्ने हो । त्यहाँको नीति निर्माणले समस्या हुने गरेको छ,’ उनले भने, ‘सरकारले ल्याएका नीति राम्रो भएन भने व्यापार व्यवसाय गर्न सकिँदैन । लगानीकर्ताले राज्यका नीति हेरेर लगानीको निर्णय गर्ने हो ।’

नेपालको उत्पादन लागत महँगो भएकाले पनि यहाँको उत्पादनको प्रतिस्पर्धी हुन नसकेको उनले बताए ।

प्रकाशित : आश्विन ८, २०७९ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×